संयुक्त गजल मा रुबेन पुन र देवी प्रसाद ढुंगाना
म हारेर पनि जितेको मान्छे !
म रोएर बाँच्न सिकेको मान्छे !!
न हर्षले कहिँ खुलेर हाँसे
म खुशीको पुर्जा झिकेको मान्छे !!
खै कहाँ छ सुख खोजेर हिडें
म बेदना चोटले किचेको मान्छे !!
मर्छु कि झै त लाग्दैथ्यो तर
एक मुठि सासमा टिकेको मान्छे ।
खोज्दैथे किन्न स्वाभिमान् मेरो
म इश्वर सामु बिकेको मान्छे ।
- रुबेन पुन
- देवी प्रसाद ढुङ्गाना
म हारेर पनि जितेको मान्छे !
म रोएर बाँच्न सिकेको मान्छे !!
न हर्षले कहिँ खुलेर हाँसे
म खुशीको पुर्जा झिकेको मान्छे !!
खै कहाँ छ सुख खोजेर हिडें
म बेदना चोटले किचेको मान्छे !!
मर्छु कि झै त लाग्दैथ्यो तर
एक मुठि सासमा टिकेको मान्छे ।
खोज्दैथे किन्न स्वाभिमान् मेरो
म इश्वर सामु बिकेको मान्छे ।
म बाँधेर राख्ने कोशिशमा खुशी
म दुख ले सिमा मिचेको मान्छे !!!- रुबेन पुन
- देवी प्रसाद ढुङ्गाना




0 प्रतिक्रिया हरु:
Post a Comment