बिधाताले यो भाग्यमा दु:ख मात्रै लेखिदिए
कतै अघि बढौ भन्दा बाटो सधै छेकिदिए !
बराबरी लेख्या हुन्छ सुख दु:ख सुनेको थेँ
लेख्दा लेख्दै यो कर्मको सुख शब्द मेटिदिए !
भन्नेहरु भन्थे आँशु बग्न कहाँ दिन्छ दैव
बोहोसीमा ढलेको थेँ त्यहिँ छाति टेकिदिए !
जन्म दिनु मृत्यु दिनु उनकै हातमा ताला साँचो
जन्माएर लाला बाला बिना मुल्य बेचिदिए !
घाउहरु आफै दिने निर्मोही हो दैव पनि
ज्युने आशा बाँकि अझै घाउ खाटा सेकिदिए !!



0 प्रतिक्रिया हरु:
Post a Comment