*******
मुग्लानी कठै !! बिदेशमा दुख लुकाई बस्दछ
पराई सामु गर्बको शिर झुकाई बस्दछ
ममता मयी आमाको काख झल्झली आँखामा
आँशुका धारा परेली माझ सुकाई बस्दछ
धनको आशा बिरानो भुमि करैले टेकेर
संम्झेर गाउँ कोमल मुटु दुखाई बस्दछ
पसिना बेच्छ सस्तो छ भाउ देशमा बिकेन
पीडा र दु:ख आँशुको मूल्य चुकाई बस्दछ
अर्काको भुमि उर्बर पार्छ पसिना बेचेर
जन्मेको गाउँ त्यो पाखो बारी रुखाई बस्दछ
***
18/03/2011
---
देवी प्रसाद ढुंगाना
बुधबारे झापा




0 प्रतिक्रिया हरु:
Post a Comment