स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

साहित्यिक फलैँचा

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Tuesday, March 27

गजल

0







बदलिएको म होईन जमाना बदलिएको हो
यता उता सर्दै जाँदा ठेगाना बदलिएको हो

एक भूललाई अर्को भूलले कहिले ढाक्छ र ?
हजारौ भूल बचाउने बहाना बदलिएको हो !!

फुल्छ झर्छ ओईलाएर गुलाबको फुल पनि
यौवनको बेगसँगै चाहाना बदलिएको हो !

गुँण पनि तितो हुन्छ भन्दछन् धेरै खाए
बैँशको यो भोक मेट्न निशाना बदलिएको हो !!

तिर्खासँग खोलाको जो आफ्नै सीमा-रेखा हुन्छ
त्यहि तिर्खा स्वार्थी हुँदा सिमाना बदलिएको हो !!
_______________०________________

15/03/2012
देवी प्रसाद ढुगाना "बैरी"
झापा
हाल - दोहा, कतार


Monday, February 20

गजल

0


नखोज भो घर गाऊँमा कतारमा छु म ऐले
पसिनाको मोल हुने बजारमा छु म ऐले !

आफ्नो बारी बाँझै उता झारपातको रजाँई छ
साँझ बिहान बालुवाको स्याहारमा छु म ऐले

सपनाको महल मेरो कैले सम्म ठडिएला
बसौँ अझै कति यहाँ  दोधारमा छु म ऐले

पस्मिना र बर्को उता रुँदै बस्या देख्छु सधै
नानाभाँति फेसन-को  प्रचारमा छु म ऐले

प्रवासमा पीडाहरु लुकाएर कति हाँस्थे
देखावटि मात्र हाँसो चित्कारमा छु म ऐले

दूर हुँदा तिमी बाट छट्पटिन्छ 'देव' सधै
के रमाउँ तिमि सँग  हतारमा छु म ऐले !!

_____०_______

Dev E Dhungana
झापा
हाल - कतार


Saturday, February 18

गजल - ****शाकाहारि म !****

0


न मासु न माछा खाने,शाकाहारि म ।
तिमि जस्तै कहाँ गरुँ मारामारि म !!

उन्नति होस् सब्को सधै यहि चाहन्छु ।
तिमि जस्तै  कहाँ हो र दागाधारि म !

 जङ्गिएर हुकम दिने स्वभावै छ सब्को
सोचे जस्तो कहाँ छु र आज्ञाकारी  म !

 जवानिको भोक ले नै तिम्रो चिनारि
यो मोहमा छैन अझै ब्रम्हाचारि म !

 बेच किन कतिसक्छौ बैँश हुँदैमा
न हुँ क्रेता तिमिजस्तै न‍-ब्यापारि म !!!
____________०_____________

Dev E Dhungana
झापा
हाल- कतार


गेडी -------(ब्यापारिक बिग्यापन)---

0

म :-

कतारका साथि हो, पैसा हाल्न आउनु है !
ह्वात्तै रेट बढ्या छ,साडे तेईस पाउनु है !!
गोरु ब्याउन्न !!
यस्तो मौका फेरि आउँन्न !!!

साथि :-

के गर्नु र बढेर, सेलरि नै पा'छैन !
साथि ले पो पठायो, मेरो पालो आ'छैन !
खोटाङ हलेसि !
मेरो पालो भाऊ घटे'सि !!

म :-

हेर्नुस् त्यसो नभन्नुस्,खाँचो होला घरमा !
बुढा बाबा बस्या छन्, लाहुरे कै भरमा !
सत्र अठार !!
स्वास्निलाई दु:ख नपार !!

साथि :-

हेर नुन नछर्क आलो काँचो घाउमा !
उईले टन्नै पठाएँ अठारको भाऊमा !
बेला बित्तो छ !
ढाँट्या हैन गोजि रित्तो छ !


।।।।।।


गेडिहरु

0

*
आऊ मेरि मायालु अँगालोमा कसौँला !
घर - जम गरेर  खुशि साथ बसौँला !
 फेवातालैमा !!
म त परेँ माया जालैमा !!
**
भो भो ढर्रा नपार अँगालोमा कस्नलाई
झुटो माया नगर बिखालु भै डस्नलाई !
माछि तालैमा !!
पर्नु छैन माया जालैमा !!
*
यति सारै नभन मुटु गाँठो पारेर
अन्त माया ला'छैन तिमि लाई छाडेर
रातो रिवन !!
एक्लै कहाँ बित्ला  जिवन !!
**
जालि कुरा हेर न कति गर्न सकेको
घरमा बुढि भएनि किन अर्कि ताकेको
गाला चाउरे !
मेरो प्रेमि हङ्कङ् लाहुरे !
।।।


गजल

0

म खोज्छु अझै नि ,साथ उनै सँग
सम्झन्छु बितेका, रात उनै सँग !!

को माथि को तल,जान्दिन केहि
छ मेरो मिलेको, जात उनै सँग !

तयार छु सहन उनैको प्रहार
बाढ्नेछु खुसी र घात उनैसँग !

नशामा रमाउँने, आदतै बसिगो
मलाई छ प्यारो, मात उनै सँग !!

थाहै नपाई म, पागल भएँछु
साँचेर सपनाका, खात उनै सँग !
   *****
2011/12/04...


गजल

0

नशालु नजरको निशाना बनायौ
बोलायौ र  ढाँट्यौ बहाना बनायौ

म रित्तो थिईन र रोज्यौ मलाई
दोबाटोमा भेट्या खजाना बनायौ

मेरो आङ्को जुम्रा खोजेरै देखायौ
तिम्रो आङ्को भैँसी स-साना बनायौ

हामी चल्नु पर्ने समयको तालमा
तर उल्टो तिम्ले  जमाना बनायौ

मसँग ति नयन् जुधायौ तिमीले
र बैँशालु मनको चाहना बनायौ
                 ***


29-11-2011

देवी प्रसाद ढुंगाना
झापा
हाल - दोहा कतार


गजल

0

(ठट्टा गर्दा गर्दै सुत्ने बेला मा यस्तो पो फुरेछ ..जस्तो फुर्यो त्यस्तै थपक्कै राखें ...बाँकी काँटछाँट को जिम्मा हजुर हरु लाई )
               ***


अब त फेसबुक छोडेर सुतिन्छ !!
जाडो छ कम्मल ओढेर सुतिन्छ !!

आदतै भएछ ढल्किने  अबेला
समय सिमा त्यो तोडेर सुतिन्छ !!!

सपना नराम्रा म देख्छु  दिनहुँ
शुभ स्वप्न तिर मन मोडेर सुतिन्छ !!

यो मौसम बेमानी छ ठण्डी बढेको
घुँडामा टाउको जोडेर सुतिन्छ !!

अब त फेसबुक छोडेर सुतिन्छ
जाडो छ कम्मल ओढेर सुतिन्छ !!
             ***

रचनाकाल - २०१२ नोबेम्बर २७ को रात ११.३२ (कतारी समय)

देवी प्रसाद ढुंगाना
झापा
हाल - नेशनल एक्सचेन्ज को डब्लु एल एल  उर्फ प्रभु मनि ट्रान्सफर - सनैया कतार
फोन - ३००६ १२९८




------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------