नखोज भो घर गाऊँमा कतारमा छु म ऐले
पसिनाको मोल हुने बजारमा छु म ऐले !
आफ्नो बारी बाँझै उता झारपातको रजाँई छ
साँझ बिहान बालुवाको स्याहारमा छु म ऐले
सपनाको महल मेरो कैले सम्म ठडिएला
बसौँ अझै कति यहाँ दोधारमा छु म ऐले
पस्मिना र बर्को उता रुँदै बस्या देख्छु सधै
नानाभाँति फेसन-को प्रचारमा छु म ऐले
प्रवासमा पीडाहरु लुकाएर कति हाँस्थे
देखावटि मात्र हाँसो चित्कारमा छु म ऐले
दूर हुँदा तिमी बाट छट्पटिन्छ 'देव' सधै
के रमाउँ तिमि सँग हतारमा छु म ऐले !!
_____०_______
Dev E Dhungana
झापा
हाल - कतार



0 प्रतिक्रिया हरु:
Post a Comment