{यो झ्याउरे मा लेख्ने प्रयाश हो मेरो ...}
खै कति बसूँ परदेश अझै रोएर बस्नु छ !
परेली मेरा आँशुले सधै धोएर बस्नु छ !!
धनको आशा बिरानो भुमि टेकियो ऊ बेला
आमाको माया अतृप्त चाह फोएर बस्नु छ !!
ममता मयी आमाको काख झल्झली आँखामा
पराई जात अर्कैको पाऊ छोएर बस्नु छ !!
09/03/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा
हाल - मलेसिया



0 प्रतिक्रिया हरु:
Post a Comment