स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, March 19

गजल




एक्लो जीवन जोगी बनि जिउँ झैँ लाग्छ अचेल  
साँझ  पर्दा अलिकति पिउँ झैँ लाग्छ अचेल  

स्वार्थी रै'छ संसार यो छैन कोहि साथ मेरो 
एक्लै हुँदा मृत्यु प्याला लिउँ झैँ लाग्छ अचेल  

नशा का ती चंचलता आफैं भित्र छचल्किदा 
आफू  पिउंदै अरुलाई दिउँ झैँ  लाग्छ अचेल 

न कोहि छ सत्रु मेरो न त कोहि मित्र नै छ  
नशाले नै फाटेको मन  सिउँ झैँ लाग्छ अचेल  

समाजले गिज्याउदै जड्याहको नाम दिन्छ 
बोतल बोतल सिंडी बनाई उभिऊ झैँ लाग्छ अचेल  

देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा 
हाल - मलेशिया 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------