एक्लो जीवन जोगी बनि जिउँ झैँ लाग्छ अचेल
साँझ पर्दा अलिकति पिउँ झैँ लाग्छ अचेल
स्वार्थी रै'छ संसार यो छैन कोहि साथ मेरो
एक्लै हुँदा मृत्यु प्याला लिउँ झैँ लाग्छ अचेल
नशा का ती चंचलता आफैं भित्र छचल्किदा
आफू पिउंदै अरुलाई दिउँ झैँ लाग्छ अचेल
न कोहि छ सत्रु मेरो न त कोहि मित्र नै छ
नशाले नै फाटेको मन सिउँ झैँ लाग्छ अचेल
समाजले गिज्याउदै जड्याहको नाम दिन्छ
बोतल बोतल सिंडी बनाई उभिऊ झैँ लाग्छ अचेल
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा
हाल - मलेशिया



0 प्रतिक्रिया हरु:
Post a Comment