म दुखमा रुन्थे जब, रमाएरै गईन उनी
बचन तोडी पराई हात,समाएरै गईन उनी ||१||
अहंकारी थिईन् उनि , अधिकार जताउँथिन्
भेट्दा सधै आफ्नो धाक,जमाएरै गईन उनी ||२||
कल्पनामा डुब्थे सँगै, रसाउँथे नयन मेरा
छुट्ने बेला आँशुधारा, थमाएरै गईन उनी ||३||
महादेवका तीन नेत्र, सम्पत्तिमा उनको पनि
धेरै थोरै सबैबाट, कमाएरै गईन उनी ||४||
-------------
०१ मार्च २०११
-------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा
हाल - मलेसिया



0 प्रतिक्रिया हरु:
Post a Comment