किन आज सारंगीको तार टुटे जस्तो लाग्छ
आज भोलि बाँसुरीको बाँस फुटे जस्तो लाग्छ ||
रितिथिति संस्कार नै कुल्चिएर हिड्दा कठै!
लेकबेँसी पखेराको इज्जत लुटेजस्तो लाग्छ||
जिन्स अनि मिनिस्कर्टको बिगबिगी बढ्दै गयो
चौबन्दी र फरिया ति अन्तै छुटे जस्तो लाग्छ ||
मज्जा छैन रोधीघर डिस्को चल्छ आज यहाँ
रितिथिति संस्कार लाई चुट्नु चुटे जस्तो लाग्छ ..||||
08/02/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा
हाल -के.एल. मलेसिया



0 प्रतिक्रिया हरु:
Post a Comment