स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, June 4

कविता - परदेशीको पीडा-



          (झ्याउरे लयमा)
   कविता - परदेशीको पीडा- 
 _____o_____o_______o________


सम्झेर गाउँ जन्मेको ठाँउ आँशुको खोला भो 
विदेशि माटो ममता साटो पैसाको झोला भो  ॥

गाउँदै नाँच्दै लेक र बेशीँ खेलेको पाखामा 
लाला र बाला घरको ढिडो झल्झली आँखामा ॥

धनको आशा बिरानो भुमि करैले टेकियो 
पराई पाऊ छोएर दु:ख अनेकौ देखियो  ॥

पैसाको बृक्ष नहुँदो रैछ न फल्ने सम्पत्ति
न कोहि साथी न कोही आफ्नो झेल्नु छ बिपत्ति ॥

हे मेरा साथी बिदेशको दु:ख गार्हो छ सहन
पाईन्न बिदा फर्केर जान मन हुन्न रहन ॥

बिरामी हुँदा न कोहि हुन्छ अस्पताल लैजाने 
बिछ्यौना माथी ढलेको बेला के पिउने के खाने ॥

न कोहि हुन्छ पकाई दिने न दिने किनेर 
नजिकै केही पाईन्न खोज्न काँ-जाने हिनेर ॥

घरमा जस्तै ति साग सब्जी पाईन्न सर्वत्र
नदेख्या कैले नसुन्या कैले परिकार बिचित्र ॥

गुन्द्रुक र ढिँडो खाएकै बेश गाउँमा बसेर 
गाउँ नै राम्रो पियारो हाम्रो बसिन्छ हाँसेर ॥

हे मेरा दाजू हे मेरा भाई नजानु बिदेशमा
पसिना  बगे मोतिका दाना फल्नेछ स्वदेशमा ॥॥
                         ***


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------