कुमालेको चक्र जस्तै जीन्दगी यो चिन्नु साथी
देशमै फल्छ हिरा मोती किन बिदेश हिन्नु साथी !
घरबारी बन्दकीमा बेच्यो घुम्यो पैसा हुँदा
बृक्ष छैन पैसा फल्ने फेरी कैले किन्नु साथी !!
आफ्नै घरको आँटो मिठो खोले फाँडो भिटामिन हो
बाध्यतामा बिदेशिनु आफ्नै हड्डी पिन्नु साथी !!
पसिनाको मुल्य छैन मृत्युसैय्या खाष्टो हुँदा
साहूको त्यो साउँ ब्याज कसो गरि छिन्नु साथी !!



0 प्रतिक्रिया हरु:
Post a Comment