१)
उठ जाग जनता देशको नक्शा फेर्नुछ
संबिधान नि बनेन सिंहदरबार घेर्नुछ
नालापानीमा !
धर्ना बसौँ राजधानीमा !!
२)
हाम्रो देशको राजनीति पैसा लुट्ने खेल भो
भ्रष्टचारी छाडा छन् सोझालाई जेल भो
फेवातालैमा !
झापड् हानौँ सब्को गालैमा !!
३)
माधव दाहाल झलनाथ पालैपालो आएका
देशको चिन्ता नगरी झुटा नारा लाएका
दु:ख देखेनन् !
संबिधान् नि कैल्यै लेखेनन् !!
४)
केही हुन्न हामीले देशमा क्रान्ति नगरी
उठ्नु पर्छ जनता नेताको भर् नपरी
गाउँ गाउँमा !
नेता कुटौ भेट्या ठाउँमा !



0 प्रतिक्रिया हरु:
Post a Comment