स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, June 4

(कविता)-************* महोदय, म्याद खेर नजाओस्



महोदय,
यहाँ महान् नेता देशको 
म यहाँको फ्यान हूँ !
मलाई यहाँका हरेक आचरणहरु मन पर्छन्
नपरोस् पनि कसरी ??
यहाँ को आदतै छ ज्यादतीको 
यहाँ सँग खेती नै छ झुटको 
म अन्धो समर्थक हूँ यहाँको 
यहाँ जे गर्नुस् ..जसो गर्नुस्
मान्य छ ,
बिरोधको आवाज उठाउने हिम्मत पनि छैन ममा ! 
यहाँ आउनुहुन्छ जानुहुन्छ
त्यो सँग मलाई कुनै मतलब छैन 
किनकि म अपांग हुँ 
मलाई यहाँकै ज्यादतीले अपांग बनायो 
यहाँकै झुटले बहिरो बनायो 
यहाँलाई हेर्दा हेर्दा
मेरा आँखाको ज्योती पनि गुम्यो 
तर पनि म मा त्यो क्षमता छ 
यहाँलाई बुझ्न सक्ने 
देख्न सक्ने 
महोदय,
यहाँ भाका माथी भाका दिँदै जानुहुन्छ 
म हेर्दै बस्छु 
प्रतिक्षा गर्दै 
खोई त ??
यहाँको भाका पनि बित्यो 
फेरी अर्को भाका दिनुभो !
यो पनि नतमस्तक भएर स्विकारेँ 
तर
तर महोदय,
यो म्याद खेर नजाओस्
यहाँको अगुल्टाले म अब
आगो निल्न र ओकल्न सक्ने भा'छु
चेतना भया !!


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------