कहिल्यै नसकिने काम भयो जिन्दगि..
अस्ताउन लागेको घाम भयो जिन्दगि ||१||
परिश्रम का बेग हरुमा जति पसिना बगे पनि
मात्र दुई पैसा को दाम भयो जिन्दगि ||२||
अश्रु धारा रोकिएनन् आशु संगै खेलिरहँदा
दुख होइन सुख को पो नाम भयो जिन्दगि ||३||
निडर र स्वाभिमानी भै बाँच्दा पनि
गल्लि गल्लि मा खै दुर्नाम भयो जिन्दगि ||४||
चल्दा चल्दै पाङ्ग्रा हरु खिया ले खाएर
अचानक किन ?? जाम भयो जिन्दगि ||५||
कहिल्यै नसकिने काम भयो जिन्दगि..
अस्ताउन लागेको घाम भयो जिन्दगि ..|||^|||



0 प्रतिक्रिया हरु:
Post a Comment