यो प्राण यो शरीर हे ईश हजुरकै !
यो आकाश यो बादल त शिष हजुरकै !!
यो धर्ति यो सृष्टि क्षणमै बनाई
रचेर बिगार्ने त्यो रिस हजुरकै !
उधारो जीवनको तिरेर सकिन्न
घटाए नि बाँकी छ बिस हजुरकै !
मन्दिर र मस्जिद म जान्छु दिनहुँ
भन्छन सबैले त्यो अफिस हजुरकै !!
***
**
ईश - देउता
शिष - शिर,टाउको
बिस -२०
26/11/2011
देवी प्रसाद ढुंगाना
झापा
हाल - दोहा कतार



0 प्रतिक्रिया हरु:
Post a Comment