कथा व्यथा जिन्दगीका यत्र तत्र बटुल्दैछु
जोवन ढल्क्यो बुढ्यौलीमा सोह्र-सत्र बटुल्दैछु
बैंश संगै उडीजाने कस्तो रंग जिन्दगीको
नयाँ रुप दिने सुरमा अल-कत्र बटुल्दैछु
आत्मकथा जिन्दगीको कसो गरि टुंगिने हो
भबिष्य र बर्तमानको परि-पत्र बटुल्दैछु
***
----
देवी प्रसाद ढुंगाना
झापा
हाल - दोहा कतार



0 प्रतिक्रिया हरु:
Post a Comment