स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, February 18

गजल


                    ***
सुनेको झैँ गरिखाने भाँडो रै' छ कतारमा !!
गर्मि हुने ठाउँ भन्थे जाडो रै 'छ कतारमा !!!

सुइय्या आयो हूइय्य गयो आँखा झिमिक ज्यानै गायब
फराकिलो बाटो पनि घाँडो रै' छ कतारमा !!!

 खम्श,सित्त के के रैछन अरबिका शब्द पनि
केराला र श्रीलंकन कै खाँडो रै'छ कतारमा !

 नोकिया र लेनोभो नै डन रै'छन् बजारमा
ईन्टरनेट त पैसा सक्ने ठाँडो रै'छ कतारमा !!
                      ***


               **   खाँडो - उग्र रुप (जस्तै - बजिया को खाँडो जाग्यो )

देवी प्रसाद ढुंगाना
झापा
हाल - दोहा


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------