स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, March 19

गजल



हिजो सम्म काम चल्ने भाँडो भएँ तिम्रालागी 
काम बन्यो फलिदियौ ठाँडो भएँ तिम्रालागी ||१| |

फुल थिएँ मोहनी रुप मेरो जादु चल्थ्यो जब 
अर्कै फुल पाए पछी काँडो भएँ तिम्रालागी ||२| |

लेक बेंशी सँगै गर्यौ ऊ बेलामा चौका हान्यौ 
ठेस लाग्दा भनिदियौ घाँडो भएँ तिम्रालागी | |३| |

मनले खाँदा चिप्लो घस्यौ बुद्धिमानी नाम दियौ 
लाटो देशको म तन्नेरी गाँडो भएँ तिम्रालागी   | |४| | 

ऊ नहुँदा "देवी" को यो आलिंगन नै  प्यारो मान्यौ 
भेट्यौ जब सहयात्री   राँडो भएँ तिम्रालागि  | |५| |


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------