पढ़दामा देशको समाचार ,रुदैछन सारा नेपाली
बढ्दो छ देशमा अत्याचार, रुदैछन सारा नेपाली !!
नेता र मन्त्रि दगुर्छन,पजेरो चढी ठगेर
गर्दछन खुल्ला भष्ट्राचार, रुदैछन सारा नेपाली !!
बुद्धका बाणी को पढ्छ , हत्या र हिंसा दैनिकी
फैलेको देख्दा दुराचार,रुदैछन सारा नेपाली !!
ल्हाषामा बन्यो दरबार,शिष्टता शिल्प कलाले
नहुँदा यस्तो शिष्टाचार, रुदैछन सारा नेपाली !!
शान्ति नै शिक्षा भानिन्थियो,उपदेश हेर्दा बुद्धका
नबुझी गर्छन अनाचार ,रुदैछन सारा नेपाली !!
*****************
२९/०३/२०११
देवी प्रसाद ढुंगाना
झापा
हाल - मलेशिया



0 प्रतिक्रिया हरु:
Post a Comment