स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Tuesday, March 29

गजल --



उनी बिना शुन्य लाग्छ यो उज्यालो शहर  पनि 
चिरा परि खसिसके सँगै  जिउने  रहर पनि

मन मुटु उसै सँग छोडिएर रित्तो भएँ
सयौ बर्ष जस्तै लाग्छ दिन घण्टा प्रहर पनि 

सपनीमा भेट्छु जब नाँच्छ मन फुरुङ्ग भै
अधुरा र अपुरा छन् भावनाका लहर पनि 

चिर्यो छाती वियोगले मान्दैन मन फोटो हेरी 
अमृत सम्झी पिउदैछु रक्सि नामको जहर पनि 

वियोगमा बाँच्न बाध्य नियतिले बनाए'सी  
इश्वर छन् भन्ने मेरो झुटो भयो ठहर पनि 
                   ***
                                              *जहर - बिष (यो आगन्तुक शब्द प्रयोग गरेको छु) 
२०/०३/२०११ 

देवी प्रसाद ढुंगाना 
बुधबारे - झापा 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------