स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, April 6

मुक्तक



                    (१)  

मायाँ गर्छु तिमि लाई भन्नै सकिन
भिड बीच तिमि लाई गन्नै सकिन
जून तारा झार्ने बाचा नगरेर होला
तिम्रा लागि असल प्रेमी बन्नै सकिन

                 (२)

हिजो सम्म तिम्रा लागि, काम चल्ने भाँडो भएँ म |
रस् पान सबै सकाएर, भनिदियौ घाँडो भएँ म ||
लुट्नु सम्म लुट्यौ सक्दा, तिम्रै चल्यो मनोमानी
रित्तिएर खोक्रिए जब , तिम्रा लागि ठाँडो भएँ म !!

                     (३)
तिमि सँग लज्जित भएँ, कसरि हाँस्नु अब !!
तिमि बाट विभाजित छु, कसरि बाँच्नु अब ..!!
गोटी जस्तै क्यारेम बोर्डको, नचाई हेर्न खोज्यौ
तिमि बाट पराजित छु, कसरि नाच्नु अब !!

                - देवी प्रसाद ढुंगाना  


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------