(१)
बैसको बेला
उर्लेको त्यो भेलले
भनेन आफ्नो
रमायो खुशी लुटि
बोकी पापको भारी ।
(२)
रंगिन थियो
लक्ष्यबिनाको यात्रा
दुबै हरायौ
सिमाको बाध नागी
सोच्दा पछुतो लाग्छ ।
(३)
जन्ती गएको
दाईको बिहेहुँदा
सुत्नै दिएन
सोल्टिनिहरु थुप्रो
रात भरी चलेर ।
(४)
उमेर छँदा
केटीहरु झुमिन्थ्ये
यो लोभि मन
एताजाउकी उता
दोबाटोको यात्रि झै।




0 प्रतिक्रिया हरु:
Post a Comment