स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Friday, April 15

गजल



गजल 

तिमीले यो मन चोरेर लग्यौ म बाचूँ कसोरी 
आँशुको सागर  छोडेर  गयौ म  हासूँ कसोरी ॥॥

मोहनी लायौ आँखामा छायौ शितलु बनेर
यि मोती दाना खहरे झै छन् म साँचू कसोरी ॥॥

गाजलु आँखा कोईली भाका गीत झै लाग्दथ्यो 
चखेवा जोडी छुटेर गयो म नाँचू कसोरी  ॥॥

मनैले रोज्या आफैँले खोज्या मयालु तिमी हौ
भावना लहर जिउने रहर म मासूँ कसोरी  ॥॥

मुटुमा तिमी धड्कनमा तिमी यो ज्यान तिम्रै हो
छोडेर साथ अन्तै यो प्रीत म गासूँ कसोरी   ॥॥


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------