(१)
कती राम्री तरुनी,मेला भर्न झरेकि
परी जस्तै स्वर्गकि, खुबै हिस्सि परेकि
गेटैमा !!
मन पराएँ पैलो भेटैमा !!
(२)
कोरी बाटी केश लौ, कति राम्री भएकी
ओठमा लाली घसिछौ,कस्तो बैंश पाएकी
हत्तेरी !
तिम्रो मेरो मिल्छ दौंतरी !!
(३)
ढाका टोपी शिरैमा, कति राम्रो देखेको
जोडी त्यसै मिल्दैन, हुनु पर्छ लेखेको
कर्ममा !!
दुख भुल्दै हाँस्ने मर्ममा !!
(४)
धेरै हल्ला नगर, लान्छु म त तानेर
सम्झाउदा नमाने,कुट्छु खुट्टा बानेर
धुरुक्क !
मैले भन्या मान खुरुक्क !
(५)
डाँडा माथी लेकैमा लालि गुँराश फुलेको
तल हेर बेँशीमा धानको बाला झुलेको
हिमालमा !
सौन्दर्यको खानि नेपालमा!!



0 प्रतिक्रिया हरु:
Post a Comment