स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Friday, April 15

गजल



                    ***
को हुँ र म ? मेरो कुनै नाम छैन साहित्यमा !
मन छ तर जीवन धान्ने दाम छैन साहित्यमा  !!

न त यसै रोक्न सक्छु भावनाका लहरहरु 
के गरौ म भर लाग्ने काम छैन साहित्यमा  !!

सन्देश दिदै दुईशब्द  केही सत्य बोल्न खोज्छु
उ बेला झैँ सत्यबादी राम छैन साहित्यमा !!

केहि ज्ञान बाँड्छु भन्छु असत्यको बादल भित्र
चहकिलो  शिक्षाको त्यो घाम छैन साहित्यमा !!

गरिबीमा पिल्सिएका कथा व्यथा अथाह छन्
जति लेखौ  भोको पेटलाई माम छैन साहित्यमा !!

एक अभिन्न संसार पो हुन्छ भन्थे सुसज्जित
पैला जस्तै चुँदी रम्घा ठाम छैन साहित्यमा !!!
                 *** 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------