घायल को तरही मुसयारा बाट..
चुरा पोते मखमली चोली लिई आउँछु
म घोडामा तिम्रो लागि डोली लिई आउँछु
कल्पना मा डुब्दै थिए तिमि लाई सम्झी
भावना का भेल बाढी खोलि लिई आउँछु
सजिएर बस्नु तिमि पर्खिएर म लाई
सृंगारका रंगी चंगी होलि लिई आउँछु
आउदै छ भनिदिनु संगिनी ले सोधे
लगन आज होइन रे भोलि लिई आउँछु
------------------
30/01/2011
------------------
देवी प्रसाद ढुंगाना



0 प्रतिक्रिया हरु:
Post a Comment