उ..............
...........................उ
चिच्याइरहेका छन् .......
रोइरहेका छन् ..............
हेर कठै .....
शहिद का सपना हरु .....
माथि डाँडा मा बसेर ..
सुँक्क सुँक्क गर्दै...
अश्रु हरु पुछिरहेछन् ...
चिसा हात हरुले
रक्ताम्य हात हरु ले ...
रक्ताम्य......कठै ...
देश को सेवा मा बगेका
आफ्नै रगत ले ..
रक्ताम्य हात हरु.
.....................कठै...
पुछिरहेछन ,...........
अ
बि
र
ल
अश्रु हरु .....
..............लेकमा .....
माथि ............
माथि लेकमा बसेर ..
नियाल्दै छन् ..........................
हाम्रा गतिबिधि
हाम्रा चाल हरु ....
.................बेंशी मा ...
तल...........
तल बेंशी मा ........
आकार मा सानो देख्दा...
भयभित छन्....
उनि हरु का बेदना
बिर्सिएको भनेर ...
आत्मा हरु ,..
..........ति शहिद का ....आत्मा हरु ...
कतै हाम्रो पौरख .......
.......नालापानी को..........
अंग्रेज सँग को ..................
भोकै ...तिर्खै लडेको ...
हाम्रो बलिदान.....
सिमल मा झुन्डिएको ....
लौका झैँ ........
..................तुन्रुङ्ग .......
हाम्रो रगत........
टिस्टा मा बगेको......
कांगडा मा बगेको ............
व्यर्थै पो गयो कि ...??..
शसंकित मनले
मौन दृष्टि लिइरहेछन् ....
अनि धिक्कार्दै छन् .....हामी लाई
हामी ...आफु आफु मा
टुट्न बाँचेका ....
फुट्न बाँचेका .........अनि
शहिद का सपना कुट्न बाँचेका ....
कठ पुतली भएछौं ......
ति सपना हरु भुलेर ....
ति बलिदान हरु भुलेर..
इच्छा अनि आकाङ्क्षा ...
ति मर्म हरु भुलेर......
नाच्दै रहेछौ हामी .....
बिचरा....ss....ss..ss..ss...
..अब...
अब हामी जुट्नु पर्छ ...
निन्द्रा बाट उठ्नु पर्छ ...
साकार पार्न..............
ति सपना हरु ........
अधुरा... अपुरा.....
जो बिर शहिद हरु ले ..
देखेका थिए....
एउटा माला ..
गुँथेका थिए....हामी लाई ..........
हो त्यहिँ सपना............
पुरा गर्न उठ्नु पर्छ ..........
भाई भाई जुट्नु पर्छ ....
तब मात्र ........
ति भौतारिरहेका आत्मा हरु ले ..
शान्ति पाउने छन् ..
अनि रुने छैनन् ..
शहिद हरु ......
ति बिर आत्मा हरु ...
स्याबासी दिनेछन् हामी लाई ...
हामी लाई आशिर्बाद दिने छन् ...||||
---------------
३०/०१/२०११
---------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment