देशको सिमा मिच्ने लाई सबै मिलि रोक्नु पर्छ
स्वाभिमान जोगाउन हतियार नि बोक्नु पर्छ ..
भाई चारा नारा लिई सिमा मिच्न आउने लाई
गोर्खे लौरी लगाएर सबै मिलि ठोक्नु पर्छ .
सबै प्रदेश मिलाएर हातेमालो गर्दै अब
आफुले नै आफ्नो देशको नयाँ सिमा तोक्नु पर्छ
सिमा मिच्दा टुलु टुलु हेरीरह्यौ भने हामीले
पछि हाम्रा सन्तति ले धेरै दुख भोग्नु पर्छ
देशको सिमा मिच्ने लाई सबै मिलि रोक्नु पर्छ
स्वाभिमान जोगाउन हतियार बोक्नु पर्छ ..
01/02/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा,



0 प्रतिक्रिया हरु:
Post a Comment