गाउँ अंन्धकार छ शहर, जलेको छ देश मा
बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा
बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए
उल्टै भत्की जन लहर , गलेको छ देश मा
छाक टार्न अन्न छैन ,जनताका घरमा
ऋण र अनुदान को जहर, चलेको छ देश मा
झुटा ति आस्वाशन मात्रै निरन्तर पाउँदा
टायर बन्दै जन रहर बलेको छ देश मा |||
======
03/02/2011
====== *जहर - बिष
देवी प्रसाद ढुंगाना



0 प्रतिक्रिया हरु:
Post a Comment