प्रधानमन्त्री भए झल्लु झापड नै खाए पनि
आखिर प्रजा रुनै पर्छ जुनै जोगी आए पनि
के गर्लान र यिन ले पनि उही ड़यांग कै मुला परे
देश विदेश जताततै उनकै गीत गाए पनि
लाज भन्ने रै न रैछ सत्र चोटी हार्दा पनि
राजिनामा दिन्छन भोलि बहुमत नै पाए पनि
"देबिप्रसाद" जाग्छन अब बस्ने छैनन् चुप लागेर
बहुमत पो पाए गाँठे जुत्ता माला लाए पनि
03/02/2011
=======
देवी प्रसाद ढुंगाना



0 प्रतिक्रिया हरु:
Post a Comment