स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गीत - तरुनी नानी ........



तरुनी नानी तन्नेरी को,, जिस्काउने बानी मन पर्छ पर्दैन 
ए ठिटी भन्दै ठिटा हरु को,, गिज्याउने बानी मन पर्छ पर्दैन----- 

 तिमि लाई भनि दिएको मुटु राख्ने कि नराख्ने 
तिमि र हामी मिलेर मायाँ गाँस्ने कि नगास्ने
दुख लाई बाँड्दै सुख मा सँगै हास्ने कि नहाँस्ने..
मायाँ ले देको यो जाली रुमाल राख्ने कि नराख्ने 

यो मुटु भरि मायाँ छ टम्मै लिने कि नलिने 
म माग्छु साथ मयाँलु मलाई दिने कि नदिने 
मायाँ को चिनो यो जाली रुमाल मन पर्छ पर्दैन 
मायाँ छ राख्नु नभए देखि यो राख्नु पर्दैन 

कर्म को फल बाँडेर सँगै खाने कि नखाने 
भगाई लान्छु म सँग तिमि जाने कि नजाने 
भाबी लाई दोसी  ठक्कर खाँदा रुने कि नरुने 
संसार हेर्न दुई मुटु एक हुने कि नहुने ...

तरुनी नानी तन्नेरी को,, जिस्काउने बानी मन पर्छ पर्दैन 
ए ठिटी भन्दै ठिटा हरु को,, गिज्याउने बानी मन पर्छ पर्दैन----

-------------
01/02/2011
-------------
देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा,नेपाल


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------