स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गीत -आफ्नो मायाँ



आफ्नो मायाँ सधै आफ्नै मुटु भरि भरि 
मायाँ गर्ने मायाँलु को झल्को आँखा भरि 

सँगै जिउने सँगै मर्ने बाचा कसम गरि 
दोबाटो मै छाडी नजाऊ भएर  निष्ठुरी ..

सपनी र बिपनी मा मायाँलु  लाई पाउँदा
तस्बिर तिम्रो हेर्ने गर्छु झल्को तिम्रो आउँदा 

मन बुझाउँछु सधै त्यहिँ तस्बिर तिम्रो हेरी 
साथ देऊ मायाँ देऊ  यो प्यासी लाई फेरी 

आफ्नो मायाँ सधै आफ्नै मुटु भित्र भित्र 
अरु को मायाँ त के र.. पैताला का पत्र ...


आफ्नो मायाँ सधै आफ्नै मुटु भरि भरि 
मायाँ गर्ने मयाँलु को झल्को आँखा भरि

31/01/2011

देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे  -०८ झापा नेपाल 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------