स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गजल -(बिन्ति ...)



मेरा तस्बिर छाती माझ नटाँसिदेउ  बिन्ति 
पीडा युक्त माया प्रीत  नगाँसिदेउ  बिन्ति  ||

भयभीत  हुन्छ मन तिमीलाई   सामु पाउँदा 
लुकी छिपी  हेर्दै अब  नहाँसिदेउ  बिन्ति ||

नकुल्च न निष्ठुरी भै चाहना यी मेरा 
इच्छा अनि आकाङ्क्षा ती नलाछिदेउ बिन्ति  ||

किन फ्याक्छौ प्रेम जाल दुनियाँका सामु 
मायाँका ति बिज बुटी  नमासिदेऊ बिन्ति ||

-------------
२८/०१/२०११
-------------

 देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा, नेपाल 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------