स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गीत--किन मायाँ लाएँ



मैले पनि जिन्दगी मा धेरै चोट खाएँ 
नजानेरै तिमी सँग किन मायाँ लाएँ ...,मैले ..किन मायाँ लाएँ |

कहिले तिम्रा आँखा भित्र मेरो माया पाएपनी 
विश्वाश गरी मैले मुटु तिमी लाई दिए पनि 
रोग पाएँ मुटु को यो तिम्रो माया नपाएर 
हर घडी टोलाइरहे तिमी लाई नै सम्झिएर 

मैले पनि जिन्दगी मा धेरै चोट खाएँ 
नजानेरै तिमी सँग किन मायाँ लाएँ... ,  मैले... किन मायाँ लाएँ |

तिम्रो मायाँ नपाएर भौतारिएँ कता कता 
आज सम्म खोजिरहे तिमीलाई नै यता उता 
कस्तो मायाँ दियौ मलाई आखिरीमा धोका पाएँ 
नजानेरै निस्ठुरी लाई किन मायाँ लाएँ.....,मैले .....किन मायाँ लाएँ  |

मैले पनि जिन्दगी मा धेरै चोट खाएँ 
नजानेरै तिमी सँग किन मायाँ लाएँ ...,मैले ....किन मायाँ लाएँ |

साथ ज्युने साथ मर्ने कसम तिम्ले खाए पनि 
छोडि गयौ निश्ठुरी भै चोखो माया लाए पनि
पागल प्रेमी भएर नै चोट व्यथा खाएँ मैले 
अन्जान मै निष्ठुरी लाई किन मायाँ लाएँ मैले...... किन मायाँ लाएँ  |


मैले पनि जिन्दगी मा धेरै चोट खाएँ 
नजानेरै तिमी सँग किन मायाँ लाएँ .....,मैले .....किन मायाँ लाएँ ||||

---------------

 २८/०१/२०११ 
 ----------------
 देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा, नेपाल


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------