स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

कविता - म केहि लेख्न खोज्छु !!



म एक जोगी 
शब्द अनि भावना को 
म एक भोगी 
साहित्य र सिर्जना को 
म एक रोगि 
गीत गजल कविता को 
म जगत  मा
एक सँग ...
अर्को सँग.. 
हरेक सँग ......
हात फैलाएर .. माग्दै छु 
भिक्ष्या माग्दै छु 
शब्द को ....
भावना को ....
म सागर किनारमा  बसी
दृष्टि खोज्दै छु 
साहित्य को ...
सिर्जना को ....
लय अनि अनुप्राश को 
म शब्द भण्डार मा 
शब्द हरु खोज्दै छु 
उपचार को निमित्त 
किनकि ...
किनकि  म.....
म एक रोगि हुँ ...
शब्द को रोग छ 
ज्ञान को भोक छ 
म लाई ....
म..एक रोगि हुँ ..

अनायासै मेरा घाऊ हरु 
छन्द का ..
अनुप्राश का ........
लय का ..घाऊ हरु 
आफैँ भित्र चर्किरहेछ्न..
बिचलित भएर 
दुखिरहेछन 
अनि भावना मा 
भावना मा साट्न खोज्छु 
एक सँग ...
दुई सँग ... 
हरेक सँग.. 
उपचार को आशमा 
त्यहिँ मेरो रोग को बारे मा 
त्यहिँ मेरो भोक को बारेमा 
त्यहिँ मेरो अज्ञानता मा 
त्यहिँ बिचलित भाब हरु लाई 
संगालेर ..
सम्हालेर...
बाधेर ..
फुकाएर...
कसेर... फेरी खोल्दै 
फेरी कस्दै ..
किनकि 
म मा ज्ञान को कमि छ 
शैली को ..
शिलताको...
धैर्य को धैर्यता को ..
म त्यहिँ कथा हरु ,..
आफुले जानेका 
आफु ले सुनेका ..
मन ले गुनेका...
ज्ञान ले बुझेका ..
शब्द गुछ्छा हरु लाई 
उन्न खोज्छु ...
उन्छु .....शब्द गुछ्छा  जो 
त्यसै लाई ...
एउटा नाम दिएर ..
सजाउन खोज्छु ..
म केहि लेख्न खोज्छु ...
विवशता मा .. 
बाध्यता मा..
भोगाई मा .....
लेख्न खोज्छु ..
म केहि लेख्न खोज्छु ..!!

-------------
२७/०१/२०११ 
-------------
देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा, नेपाल 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------