आहा ......
साच्चै नै......
कति पबित्र छन्
बुद्ध का उपदेश हरु
बोध गया का ज्ञान हरु
ति अमर बाणी हरु
जसले .....
जसले मलाई
कुरुपता बाट बचायो
म उम्लिदै थिएँ
पोखिन बाट बचायो ...
....
उस ताका
जब म मा चेतना थिएन
म बेहोश थिएँ
म मदहोश थिएँ
प्याला मा
नशा मा
म बिलाईरहेको थिएँ
म बम बनेर बिस्फोट हुदै थिएँ
म बारुद बनेर धुवाउदै थिए
त्यहिँ शान्ति आकाश मा
त्यहिँ बुद्ध को देश मा
त्यहिँ गगन मा
जहाँ हिजो ..
हो हिजो
परेवा हरु लाई
शान्ति का दुत भनि
उडाइन्थियो
समय डुल्दै जाँदा
म घुल्दै गएँ
म आफैँ मा खोक्रो थिएँ
लक्ष्य हिन थियो मेरो यात्रा
मेरा मानस पटलमा
समय हरु गुन्जिरहेका थिए
चिच्याइरहेका थिए
म आफैँ लाई प्रश्नोत्तर गर्दै थिएँ
यसरि ..
मेरा प्रश्नोत्तर हरु ..
क्रमश :
एक पछी अर्को गर्दै
चित्कार फैलाउदै थिए
निल गगन सम्म
बादल को गर्जाहट लाई नटेरी
सागर को छाल हरु सँग
सिंगौरी को प्रयत्न मा
बढ्दै थिए अनि
सोद्दै थिए प्रश्न हरु
म निरन्तर
निरन्तर ........
उत्तर हरु खोज्दै थिए
मेरा प्रश्नोत्तर हरु
सकिदै जाँदा म खाली भए
म रित्तो भए
म समय ले भरिपुर्ण
टोलाउदै थिएँ
.................तब
.........तब .......म
सोच्ने गर्थे ....
आफ्नै कुरुपता
अरु लाई नंगियाएर
तमाशा हेर्ने बारे
भातृत्व मा पर्खाल बनाउने बारे
अझ सोच्थे ..
म कर्फ्यु हुन्छु
गाउँ अनि शहर मा
लेक अनि बेंशी मा
कुना कन्दरा मा
चौक अनि गल्लि मा
जारी हुन ..
म सोच्थे
अब आतंक हुन्छु
म बम हुन्छु
म बारुद हुन्छु
पडकिन्छु अनि पडकाउछु
तब .........
केहि नौला स्वर हरु
मेरा मानस पटल मा
गुन्जन थाले
म सुन्दै थिएँ
बोध गया का ज्ञान हरु
शान्ति का उपदेश हरु
ध्वनि बनेर
कोलाहल मच्चाइरहेका थिए
म मा चेतना आउँछ
ज्ञान प्राप्ति
धर्म का उपदेश हरु
बुद्ध का बाणी हरु
म बाँचे ..
म जोगिएँ
म आफैँ कुरूप हुन बाट
आफैँ मा घृणित हुन बाट
म बाँचे ..........
शान्ति को बिगुल फुक्न
म रोकिए ...
तिनै उपदेश ले
मलाई सम्हाल्यो
मलाई गलायो
मलाई करायो
मलाई अह्रायो
म डराएँ ..
साच्चै नै ,..........
कति पबित्र छन्
बुद्ध का उपदेश हरु
बोध गया का ज्ञान हरु
ति अमर बाणी हरु
बुद्ध का उपदेश हरु
बोध गया का ज्ञान हरु !!!!!!!!!!
---------------
२७/०१/२०११
----------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा, नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment