स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गजल



विलाशी भो जिन्दगि यो जिउँ अब कसो गरि 
भता भुङ्ग धुजा आशा सिउँ अब कसो गरि   ||१||

कर्म गरेँ  फल आशा नराखेर जीवन सारा 
आफ्नै प्राण बलि माग्दा दिउँअब कसो गरि     ||२||

संघर्ष  का मूल भित्र खोज्नु पर्ने  जीवन यो 
पसिना का नशा फेरी  पिउँअब कसो गरि  ||३||

जिउँदो लाश हुँदा पनि घुँडा टेकी बाँच्नु पर्यो 
चन्द्र छुने इच्छा शक्ति लिउँ अब कसो गरि    ||४||  


 -----------
२६/०१/२०११ 
-------------
देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा, नेपाल 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------