कर्के नजर यता पनि तरिदेऊ न कान्छी
भेट्न भनि तल्लो गाउँ झरिदेउ न कान्छी
साँचो मायाँ नपाएर छटपट्टिदा मलाई
प्रेम बिष अङ्ग अङ्ग छरिदेउ न कान्छी
मन्त्र मुग्ध पार्यौ अरे सबैलाई तिमीले
उमङ्ग का लहर मेरा हरिदेउ न कान्छी
कस्तो हुन्छ मायाँ पिरेम नबुझेको मलाई
तिम्रो हुने अर्ति बुद्धि भरिदेउ न कान्छी
धेरै पिडा पायौ सुन्छु अबुझका भिडमाझ
सुख दिन्छु दिलमा डेरा सरिदेउ न कान्छी
11/02/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment