माथि शिरमा इलाम बोकि हाँस्छ हेर झापा !
बिर्ता,दमक धड्कन सँगै बाँच्छ हेर झापा !!
मेची खोला दगुर्दै छ भारत चिहाउदै
पानि टेंकी सङ्गीत दिन्छ नांच्छ हेर झापा !
मावा खोला आफैमा बोकिहिन्छ शालीनता
मोरंग सँग प्रगाढ नाता गाँस्छ हेर झापा !
हेरी भन्छ कहिले झर्ने यता दिगल्बेन्कले
गौरिगंज आउने बाचा सांच्छ हेर झापा !!
मित्रता को साइनो गाँसी छाती चिरी दिन्छ
जुर्मुराउंदा शत्रुता लाई मास्छ हेर झापा !!!!
माथि शिरमा इलाम बोकि हाँस्छ हेर झापा !
बिर्ता,दमक धड्कन सँगै बाँच्छ हेर झापा !!
शब्दावली ---
बिर्ता - बिर्तामोड
पानि टेंकी - झापा को पुर्बी क्षेत्र को भारत सँग को सिमा नाका जो भारतीय भूभाग हो.(मेची पारि)
मावा - झापा र मोरंग को साँध छुट्याउने खोला/खोल्सा
दिगल्बेन्क - झापा को दक्षिण मा भारत सँग को सिमा नाका (गौरिगंज छेउ)
18/02/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment