स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Tuesday, February 15

गजल



कर्के नजर यता पनि तरिदेऊ न कान्छी 
भेट्न भनि तल्लो गाउँ झरिदेउ न कान्छी 

साँचो मायाँ  नपाएर छटपट्टिदा  मलाई 
प्रेम बिष अङ्ग अङ्ग छरिदेउ न कान्छी 

मन्त्र मुग्ध पार्यौ अरे सबैलाई तिमीले 
उमङ्ग का लहर मेरा हरिदेउ न कान्छी 

कस्तो हुन्छ  मायाँ पिरेम नबुझेको मलाई 
तिम्रो हुने अर्ति बुद्धि भरिदेउ न कान्छी 

धेरै पिडा पायौ सुन्छु अबुझका भिडमाझ  
सुख दिन्छु दिलमा डेरा सरिदेउ न कान्छी 

11/02/2011

देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------