स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Monday, February 14

गजल




दलबिर सिंह बराईली "घायल" ज्यु को तरही मुसायरा -७ बाट ---
 -घायल को तरही मुसयारा मा सम्मिलित गजल -- 


फोडी गयौ मेरा लक्ष्य अब फूल्ने डाली छैन 
छोडी गयौ दोबाटोमा मेरो केही गाली छैन 


संगै ज्युने बाचा थियो जूनी जूनी सम्म पनि  
मोडी गयौ बाटो आफैँ भन्थ्यौ तिमी जाली छैन 


फुल सम्झी मेरो दिलमा सजाएर राख्दा मनका  
गोडी गयौ खुशी सुक्यो  बगैचामा माली छैन


हिजो सम्म दु:ख सुख संगै बाँडि हिड्ने भन्यौ
तोडी गयौ मनको दैलो हाँस्ने मेरो पाली छैन 


उ बेलामा रुन्चे हाँसो फेक्नु मेरो गल्ती  थियो
जोडी गयौ अन्तै नाता तिम्रा लागि ताली छैन

------------- 
11/02/2011
-------------


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------