हेर्दै जाऊ के के हुन्छ भोलि जिन्दगीमा
केर्दै* जाऊ के के हुन्छ भोलि जिन्दगिमा
एक पछी अर्को जुनी फेर्नु पर्छ भन्छन
फेर्दै जाऊ के के हुन्छ भोलि जिन्दगीमा
यो गर त्यो गर मष्तिस्कको आज्ञा नानाथरी
टेर्दै जाऊ के के हुन्छ भोलि जिन्दगीमा
मृत्युसैया खाश्टो हो रे दुख विपत्तिको
बेर्दै जाऊ के के हुन्छ भोलि जिन्दगिमा
लेख्नु पर्ने सिमा भित्र कथा जिन्दगीका
घेर्दै जाऊ के के हुन्छ भोलि जिन्दगीमा
*केर्दै - कोर्नु /लेख्नु
22/08/2010
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment