स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 23

कविता



कविता - म जित हुँ ..

म जित हुँ ..
हार पछी को ..
खुशी हुँ ,,....
आशु पछी को 
म बेदना बाट  पन्छिएर ...
रोदनहरु हटेपछी ..
अश्रुहरु ...
अश्रुहरु सुकेपछि ..
धैर्यता को पर्खाल नाघेर ..
लुसुक्क आएको...
खुस्रुक्क आएको .....
म जित हुँ...
म रंगिन छु ..
रातै छु .. म ......
म लाई .....
इच्छा आकांक्षा ले 
अबिर जात्रा ले..
स्वागत गरे..
त्यसै ले .. म रातै छु ...
मेरा इच्छा हरु ..
हर्षित छन् ...
खुशी छन् .....
अनि ..
बाटा हरुमा ...
गल्लि हरु मा...........
चोक चोक मा ..
खुसियाली मानिंदै छ..
मेरा निम्ति ...
..................म ..
म जित हुँ ... 
हार पछी को....
म खुशी हुँ.. ....
बेदना पछी को ..
पिडा पछि को .. 
आशु पछी को.... 
हाँसो हुँ........
म जित हुँ ...!!
म जित हुँ .....!!!!!!!!!!

***
08/02/2011

देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा,


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------