मन भए मायाँ लाऊ सुटुक्क
इच्छा भए भेट्न आऊ सुटुक्क
चाहना त्यो तिम्रो राख सम्हाली
दिलको कुरा खोल जाऊ सुटुक्क
लुकाउदा कुरा चोट लाग्ला है
चर्काउनु हुन्न घाऊ सुटुक्क
सम्हालेर राख तिम्रो जवानी
पराईले जित्ला दाऊ सुटुक्क
कुरा काट्ने जगत भन्छ जे पनि
अमृत सम्झी बिष खाऊ सुटुक्क
ऊ-न शब्द माला प्रित भरेर
हाँसी खुसि गीत गाऊ सुटुक्क
अमर प्रीत गाँस्दै प्रेम पथका
तरौ सागर चढी नाउ सुटुक्क
खोजिरा'छु मायाँ कहिँ भेटिन
बिक्ने भए भन भाऊ सुटुक्क
---------------
19*02*2011



0 प्रतिक्रिया हरु:
Post a Comment