स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, February 26

गजल -----------संयुक्त लेखन ---(किन ?)



मार बरु निष्ठुरी भई,दोधारमा पार्छौ  किन ?
आफैँ गल्ति ठुला गरि,तप्प आशु झार्छौ किन ?  --(देव)  

हुन्छ भने साथ देउ हुन्न भने नाइँ भन,,,
पर्ख पर्ख भनि सधै समय यो टार्छौ किन ??   --(जोय)    

बाचा गरि संगै जिउने आधा बाटो हिड्यौ साथ 
आज फेरी मेरा चाह अझै पर सार्छौ किन ???   --(देव)

अझै कति बाच्नु पर्ने, जिउदैमा लाश बनि ,,,
ढडियामा अल्झाएर, पलपल मार्छौ किन ??.   --(जोय)

तिम्रो साथ नपाए नि एक्लो ज्यान बाँच्ने छु म ,,
समाजमा नग्याउँन, झुटा गफ नार्छौ किन ??,,  --(जोय)

सुख दुख विपत्तिका ,भेल संगै छेक्ने भन्थ्यौ 
किनारमा पर्खाएर, उल्लाई नदि तार्छौ किन ??   --(देव)

अधिकार दियौ आफै, बगैचाको माली भन्दै ,
हराभरा भा'को बाग, काँडेतारले बार्छौ किन ??  --(जोय)

"जय - देवी " नाँच्न छाडे तिम्रो चाह बुझे पछि 
बाँकी अझै चुस्नु कति ,यति चाँडै  हार्छौ किन ???  --(देव)


18/02/2011
 (जोय (अर्जुन) ठकुरी र देवी प्रसाद ढुंगाना को संयुक्त लेखन)


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------