राता चिल्ला खनाल बा का गाला लाई हानेको हो
भ्रस्टचारी कुनेताका चाला लाई हानेको हो
झुठा बोलि बाँडी हिड्यौ नमानेर लाज धर्म
नंग्याएर आमा लुट्ने साला लाई हानेको हो
हिजो सम्म पुजा गर्ने त्यहिँ प्रजा उर्लिएर
देश रोयो रुवाउने ति छाला लाई हानेको हो
भोट टिपी त्यहिँ गाउँ फर्किएर नजानाले
हिजो लाको त्यहिँ फुलको माला लाई हानेको हो
कति गर्छौ जाल झेल जनगण रुवाएर
चेतावनी भनि ठुला ठाला लाई हानेको हो
२५/०१/२०११
---------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा ,नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment