हामी माझ उमंगले कराउदै बोल्छ गजल
मन्द छन्द साथ लिई फराउदै बोल्छ गजल||१||
रदिफ अनि काफिया मा लय भाका मिलाएर
मूल बनि सिर्जना मा हराउँदै बोल्छ गजल ||२||
नबोदित सर्जकका भावनामा भय मान्दै
कोसिशमा कोरिएर डराउदै बोल्छ गजल ||३||
लय छन्द मिटरलाई कस्दै लेख्नु पर्ने रैछ
यो देव लाई ज्ञान ज्योति भराउदै बोल्छ गजल ||४||
--------------
२५/०१/२०११
--------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा,नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment