स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

कविता - म आगो हुनेछु




म ...
म बाची रहेको छु 
अझै पनि 
यमराज का दुत हरु 
ढिला गरे आउन लाई 
म जिउँदो लाश भएर
बाची रहेको छु ..... 


राता मान्छे हरु ले 
प्रश्न हरु ....
....................
एक पछि अर्को गर्दै 
क्रमश : ..
मेरो अस्तित्व माथि 
थोपर्दै  थिए 
कोण कोण बाट 
पल्टाई फर्काई
मलाई चिथोर्दै  थिए 
म कागती भएछु 
म लाई निथ्रुक्क पारेर 
निचोर्दै  थिए

म रस चुसेर फालिएको छु
निरस र निरिह 
च्यातिएर टालिएको छु 
छिद्र अनि प्वाल को बनावट मा

म आगो भएर जल्न सकिन 
न जलाउन नै 
म ढुंगा भए 
गल्न सकिन 
न त गलाउन नै 
म फुल हुन सकिन 
सुबाश छर्न सकिन 

म बन्दुक हुन सकिन 
पड्किन अनि पड्काउन सकिन 
न गोलि बारुद नै भएँ 
म ग्रिनेट भएँ 
न एम्बुश नै भएँ म 
म तार हरु जडित 
नांगै बसेको छु 
म लाई कसै ले 
दुइ ध्रुब मिलाए भने 
म आफु रंगीन हुन्छु 
अरु लाई पनि साथ लान 
तम्तयार बसेको छु

तर......
तर अब ..
तर अब  म.....

तर अब म 
बगैंचा का फुल हुनेछु 
माटो हुनेछु धर्तीमा 
पानी हुनेछु सगर मा 
सुगन्ध र सुबाश छर्न फुल भएर 
माटो ....
माटो भएर उब्जाउ दिन 
पानी भएर त्यहिँ खडेरी मा 
सबै लाई 
सिंचाई को लहर दिने 
प्रयत्न मा तल्लिन छु 

म बाटो हुन चाहन्छु 
सबै लाई हिडाउन 
म आगो हुनेछु 
जल्न अनि जलाउन 
म पानी हुनेछु 
निभ्न अनि निभाउन
म फुल हुने हुनेछु 
सुबाश छर्ने छु 
विश्व सजाउन 
विश्व हसाउन 
म शान्ति को पाठ हुनेछु 
म शान्ति को पाठ हुनेछु ||||||||

 -------------
२६/०१/२०११ 
--------------
देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे - ०८ झापा, नेपाल 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------