म ...
म बाची रहेको छु
अझै पनि
यमराज का दुत हरु
ढिला गरे आउन लाई
म जिउँदो लाश भएर
बाची रहेको छु .....
राता मान्छे हरु ले
प्रश्न हरु ....
....................
एक पछि अर्को गर्दै
क्रमश : ..
मेरो अस्तित्व माथि
थोपर्दै थिए
कोण कोण बाट
पल्टाई फर्काई
मलाई चिथोर्दै थिए
म कागती भएछु
म लाई निथ्रुक्क पारेर
निचोर्दै थिए
म रस चुसेर फालिएको छु
निरस र निरिह
च्यातिएर टालिएको छु
छिद्र अनि प्वाल को बनावट मा
म आगो भएर जल्न सकिन
न जलाउन नै
म ढुंगा भए
गल्न सकिन
न त गलाउन नै
म फुल हुन सकिन
सुबाश छर्न सकिन
म बन्दुक हुन सकिन
पड्किन अनि पड्काउन सकिन
न गोलि बारुद नै भएँ
म ग्रिनेट भएँ
न एम्बुश नै भएँ म
म तार हरु जडित
नांगै बसेको छु
म लाई कसै ले
दुइ ध्रुब मिलाए भने
म आफु रंगीन हुन्छु
अरु लाई पनि साथ लान
तम्तयार बसेको छु
तर......
तर अब ..
तर अब म.....
तर अब म
बगैंचा का फुल हुनेछु
माटो हुनेछु धर्तीमा
पानी हुनेछु सगर मा
सुगन्ध र सुबाश छर्न फुल भएर
माटो ....
माटो भएर उब्जाउ दिन
पानी भएर त्यहिँ खडेरी मा
सबै लाई
सिंचाई को लहर दिने
प्रयत्न मा तल्लिन छु
म बाटो हुन चाहन्छु
सबै लाई हिडाउन
म आगो हुनेछु
जल्न अनि जलाउन
म पानी हुनेछु
निभ्न अनि निभाउन
म फुल हुने हुनेछु
सुबाश छर्ने छु
विश्व सजाउन
विश्व हसाउन
म शान्ति को पाठ हुनेछु
म शान्ति को पाठ हुनेछु ||||||||
-------------
२६/०१/२०११
--------------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा, नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment