भेटीए पछी छुट्नु भन्दा नभेटेकै जाति हुन्थ्यो
विधाताले रुन्चे हाँशो नलेखेकै जाति हुन्थ्यो ||१||
अधरमाझ तिमि हुँदा मन्त्र मुग्ध हुन्थे कठै
निस्ठुरी भै जानेलाई नदेखेकै जाति हुन्थ्यो ||२||
पिरती का खोलानाला संगै तर्ने बाचा गर्यौ
रुवाएर जान धर्ति नटेकेकै जाति हुन्थ्यो ||३||
बगैचा का फुल तिमि भमराका ताँती बीच
छाडी जाँदा मन तिम्रो नछेकेकै जाति हुन्थ्यो ||४||
माया प्रिती खेल रैछ रुवाउने सदा सदा
उ बेलामा झुटो हाँशो नफेकेकै जाति हुन्थ्यो ||५||
--------
२५/०१/२०११
-----------
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा ,नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment