रुघा मर्की खोकी लागि ढल्ने बनायो
नाक बाट तरल बग्दा जल्ने बनायो
शाश फेर्न नसकिने नाकै टालिँदा
भान यस्तो भित्रै आगो बल्ने बनायो
हिजो सम्म ठिकै थिए सन्चै बसेको
हात - पाऊ यसै यसै गल्ने बनायो
कहाँ बाट आयो पानी बग्यो सलल
अश्रु धारा निरन्तर चल्ने बनायो
२३/०१/२०११
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे -०८ झापा ,नेपाल



0 प्रतिक्रिया हरु:
Post a Comment